मिथिला लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा साढे नौ प्रतिशतले धेरै हो ।
तर चालु वर्षको दोस्रो त्रैमासको तुलनमा भने नाफा घटेको छ। लघुवित्तले गत पुसमसान्तसम्म १ करोड ६४ लाख ७० हजार रुपैयाँ खुद नाफा गरेको थियो। चैतसम्म आइपुग्दा पुसको तुलनामा लघुवित्तको नाफा ११ लाख बढीले घटेको छ।
दोस्रो त्रैमासमा भन्दा तेस्रोमा लघुवित्तको जोखिम व्यवस्थापन खच, कर्मचारी खर्च तथा अन्य संचालन खच बढेपछि नाफा कम भएको हो।
संस्थाको गत आर्थिक बर्षको तुलनामा भने खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सामान्य सुधार छ। कर्जा निक्षेप लगानी तथा पूँजी सबैमा सुधार देखिएको छ भने लागत घटाएको संस्थाको खराब कर्जामा पनि कमी आएको छ।
समीक्षा अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । तर यो पुसको भन्दा कम हो। लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३१ पैसा पुगेको छ । जसको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा कायम छ ।
संस्थाले ३४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १० करोड ५९ लाख रुपैयाँ रहेको संस्थाको जगेडाकोषमा ५ करोड ९५ लाख छ ।












प्रतिक्रिया