हालसम्म ७३ हजार ५५५ कोरोना नमुना परीक्षण, रेडजोनको संख्या स्थीर

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ७३ हजार ५५५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट १६ हजार ८९८ र आरडिटी प्रविधिबाट ५६ हजार ६५७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप १ हजार ३१६ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ७ हजार ५५, प्रदेश नं २ मा ५ हजार ८९०, वाग्मती प्रदेशमा ९ हजार १८१, गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश नं ५ मा ६ हजार ७७४, कर्णाली प्रदेशमा ६ हजार ३६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९१० जनामा कोरोना परिक्षण गरिएको छ।

  • क्वारेटाइनमा बस्नेको संख्या घट्दै, ‘रेडजोन’ मा ३४० मै स्थीर

मुलुकभर हालसम्म जम्मा १३ हजार ६२५ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार २३८ जना, प्रदेश नम्बर दुईमा १ हजार ४४३ जना, वाग्मती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा २४२ जना, प्रदेश नम्बर पाँचमा ४ हजार ९४२ जना, कर्णालीमा २ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

शनिबारसम्म १४ हजार ५९२ जना क्वारेटाइनमा रहेका थिए। पछिल्ला दिनमा क्वमरेन्टाइनमा बस्नेहरुको संख्या घट्दै गएको छ। शनिबारभन्दा आइतबार ९६७ जनाले घटेको हो।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १६४ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ३ र उपत्यकाबाहिर १६१ जना आइसोलेशनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा २३, २ मा ४५, वाग्मतीमा ३८, र प्रदेश नम्बर ५ मा ५७ जना रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ९८६ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३४ हजार २५७ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा २०६ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट आज कुनैपनि व्यक्ति ‘रेडजोन’ मा परेका छैनन् । रेड जोनाम पर्नेरुको संख्या ३४० नै रहेको छ।
रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
संक्रमितको संख्या ११० पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या ११० रहेको छ। आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा भुल्के निवासी ४३ वर्षिया महिलामा थप १ पुष्टि भएको हो।

संक्रमितमध्ये ७८ जना पुरुष र ३१ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

संक्रमितमध्ये प्रदेश नम्बर एकमा ३५ जना, प्रदेश नम्बर दुईमा ३१ जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर पाँचमा ३० जना, कर्णालीमा शुन्य र सुदूरपश्चिम प्रदेशमा ५ जना गरि कूल ११० जना रहेका छन्।

संक्रमितमध्ये ३१ जना निको भई डिस्चार्ज भएका छन् भने ७९ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। रुपन्देहीमा ६ जना, नेपालगञ्जमा २४ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २७ जना, विराटनगरमा २१ जनाको उपचार भैरहेको छ। उपचारको क्रममा रहेका सबै संक्रमितको अवस्था सामान्य रहेको छ।

 

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार  १६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।