
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। लघुवित्तले गत आवको यसै अवधिमा ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी २७ करोड ७८ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २२.९० रुपैयाँ कायम भएको छ। यस अवधिमा जगेडा कोषमा २० करोड ४० लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १७३.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.५२ गुणा छ।
चैत मसान्तसम्ममा लघुवित्तले ८२ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब ६ करोड रुपैयाँ सापटी लिएर आफ्ना ऋणीहरुमा २ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
यसबाट लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ३३ लाख रुपैयाँ वृद्धि भई १३ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ। लघुवित्तको सञ्चालन नाफा ७ करोड ५७ लाख रुपैयाँ छ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खराब कर्जा अनुपात बढेको छ। गत आवको चैतमा ०.७० प्रतिशत रहेको यस्तो अनुपात बढेर १.६२ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा लघुवित्तले २ करोड २ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानी व्यवस्थगापन कोषमा छुट्टाएको छ। यसले पनि नाफामा असर पुगेको छ। गत आवको यसै अवधिमा ४० लाख ८० हजार मात्र यस्तो कोषमा छुट्टाइएको थियो।










प्रतिक्रिया