लकडाउनका कारण रोकिएको शेयर कारोबारको राफसाफ प्रक्रिया बैशाख २९ गते सोमबारबाट सुरु भएको छ।
सिडीएस एण्ड क्लियारिङले चैत ११ गतेदेखि लकडाउन सुरु भएको कारण चैत १० गते अघि भएको शेयर कारोबारको बाँकी राफसाफ सोमबारदेखि सुरु गरिएको जनाएको छ।
सिडीएसका अनुसार चैत्र ९ गते आइतबार भएको कारोबारको राफसाफ गर्न बाँकि छ । त्यस दिन १९ करोड ४६ लाख बराबरको कारोबार भएको थियो ।
राफसाफ सोमबारदेखि सुरु भए पनि शेयर कारोबार भने भोलिदेखि मात्र खुला हुनेछ । नेप्सेले शेयर लगानीकर्तालाई आफ्नो कारोबार खाता रहेको धितोपत्र दलाल (ब्रोकर) सँग सम्पर्क गरी आ-आफ्नो बीओआईडी अध्यावधिक गर्न आग्रह गरेको छ।
एक लगानीकर्ताले एउटा बीओआईडी खातालाई एउटा मात्रै कारोबार खातासँग आबद्ध गराउन पाउने नेप्सले जनाएको छ । साथै धितोपत्र निक्षेप खातामा शेयर भए मात्र बिक्री गर्न मिल्ने व्यवस्था मिलाएको समेत नेप्सेले जनाएको छ।
त्यसैगरी अनलाइन शेयर कारोबारको लागि हाल निशुल्क रुपमा लिन सकिने युजर आइडी र पासवर्ड लिनको लागि लगानीकर्ताले आगामी आर्थिक वर्षदेखि (साउन १ गतेपछि) भने शुल्क तिर्नुपर्ने व्यवस्था गरिने पनि नेप्सेले बताएको छ।












प्रतिक्रिया