सोमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

सोमबार थप १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षिया पुरुषमा संक्रमण नतिजा पोजेटिभ आएको हो ।

यसअघि सोमबारै कपिलबस्तुका १० जनामा कोरोना पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।