कूल १२१ कोरोना संक्रमितमध्ये ३३ जना डिस्चार्ज , ८८ जना उपचाररत

0
Shares

हालसम्म पीसीआर र आरडिटी विधिबाट कूल ७६ हजार ३५५ वटा कोरोनाको नमुना परीक्षण सम्पन्न हुँदा कूल १२१ जनामा कोरोना संत्रलमण पुष्टि भएकोमा ३३ जना उपचारपछि निको भइ घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हिजो कोशी अस्पताल विराटनगरमा उपचाररत २ जना पुरुषहरु एकजान भोजपुरका २६ वर्षिय १८ औं दिनमा र झापाका ४८ वर्षिया पुरुष १५ औं दिनमा डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार उनीहरु दुबैलाई २४ घण्टाभित्र २ वटा परीक्षण रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।

सोमबार कपिलवस्तुका १८ देखि ३४ वर्षसम्मका १० जना पुरुष र सस्तरीका १८ वर्षको पुरुषमा पीसीआर परीक्षणमा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या कूल १२१ पुगेको हो। जसमध्ये ८९ जना पुरुष र ३२ जना महिला रहेका छन्।

संक्रमितमध्ये प्रदेश नम्बर १ मा ३५ जना, २ मा ३२ वाग्मती प्रदेशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश नम्बर ५ मा ४० जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरि कूल १२१ जना रहेका छन्।

संक्रमितमध्ये ८८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। रुपन्देहीमा १६ जना, नेपालगञ्जमा २४ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २८ जना, विराटनगरमा १९ जनाको उपचार भैरहेको छ। उपचारको क्रममा रहेका सबै संक्रमितको अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।