सनराइज बैंक (SRBL) को वितरण योग्य मुनाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक बनेको छ। बैंकको मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो।
राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा १८ करोड ७० लाख र नियामकीय जगेडा अन्तर्गत ७२ करोड ३५ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने ऋणात्मक बनेको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा पनि २९ करोड ८ लाख रुपैयाँ घटेको छ। गत आवको यसै अवधिमा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको खुद नाफा ९३ करोड ५२ लाख रुपैयाँमा संकुचित अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३.९१ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ३ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा २२ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ।
चैत मसान्तसम्म बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपछि सञ्चालन नाफा पनि बढेको तर कर्जा नोक्सानी रकम र कर्मचारी तथा सञ्चालन खर्च बढ्दा बैंकको सञ्चालन नाफा भने घटेको छ।
बैंकले गत आवको चैत मसान्तको तुलनामा ३५ करोड ६ लाखले खुद ब्याज आम्दानी वृद्धि गर्दै २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा भने ४१ करोड ९१ लाख रुपैयाँले घटेर १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
गत आवको यसै अवधिमा २७ करोड ९८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन कोषमा राखेको बैंकको यस्तो रकम १ अर्ब १ करोड ५ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको सञ्चालन नाफासँगै खुद नाफा पनि प्रभावित बनेको हो।
चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात १.३२ प्रतिशतमा छ। बैंकको प्रतिशेयर नेटवर्थ १४१.९९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.७६ गुणा, निक्षेप संकलन लागत प्रतिशत, आधारदर १०.०२ प्रतिशत, स्प्रेडदर ४.८६ प्रतिशत र पूँजीकोष अनुपात १४.४७ प्रतिशत रहेको छ।












प्रतिक्रिया