भारतले फेरि रोक्यो नेपालबाट निर्यात हुने पाम आयल

0
Shares

भारतले नेपालबाट निर्यात हुँदै आएको पाम आयलको आयात निर्यात पुन रोकेको छ। भारतको वैदेशिक व्यापार निर्देशनालयले आयातमा प्रतिबन्ध लगाएको हो। यसअघि गत जनवरी ८ देखि प्रतिबन्ध लगाएको थियो ।

यससँगै नेपालबाट भारत निर्यात हुने प्रशोधित पाम आयलको निर्यात मंगलबारदेखि पूर्ण रुपमा रोकिएको हो। निर्देशनालयले सोमबार मातहतका क्षेत्रीय निकायलाई सूचना पठाएर साफ्टा सुविधा अन्तर्गत नेपाल र बंगलादेशबाट हुने पाम आयल आयातमा प्रतिबन्ध लगाइएको बताएको हो ।

फागुनको दोस्रो साता नेपालबाट भारतका ३९ ओटा आयातकर्तालाई पाम आयल ल्याउन अनुमति दिएपछि निर्यात खुलेको थियो । भारतले निकासीमा रोक लगाएपछि नेपालबाट हुने वार्षिक २५ अर्बभन्दा बढीको निर्यात प्रभावित भएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।