नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो
काठमाडौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षिया बालिकामा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जनाएका छन् ।
यससँगै कुल संक्रमितको संख्या २४५ पुगेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र दुबै संक्रमित चिकित्सकको सम्पर्कमा रहेका छन्।
हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३ /३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।












प्रतिक्रिया