कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न टिचीङका चिकित्सक, नर्ससहित ३८ जना क्वारेन्टाइनमा

0
Shares

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका डाक्टर र नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

बिहिबार ६ वर्षीय बालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो।

ती बालिकालाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो। न्यूरो वार्डमा उपचाररत उनलाई बिहीबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो।

टाउकोमा पलाएको ट्युमरको उपचारको लागि टिचिङ आएकी  बालिका नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएकी बिरामी हुन् ।

उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ

हालसम्म नेपालमा २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १२ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।