बर्दियाको दुर्गापुर क्वारेन्टाइनबाट युवती फरार

0
Shares

बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् ।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए।

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।

विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १३ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।