बाइस जिल्लाका २४६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पर्साका मात्रै ८५ जना, अन्य जिल्लाका कति ?

0
Shares

नेपालमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। यस बेलासम्म ७७ जिल्लामध्ये २२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। धेरैजसो संक्रमित २० देखि ५० वर्ष उमेर समूहका रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सा जिल्लामा मात्रै ८५ जना संक्रमित छन्। यो कूल संक्रमणको ३४ प्रतिशत धेरै हो।
यसैगरि पर्सा पछि कपिलवस्तु जिल्लामा ३९ जनामा कोभिड १९ पुष्टि भएको छ। उदयपुरमा ३२ जना, रुपन्देहीमा २८ जना, बाँकेमा २५ जनामा यस भाइरसको संक्रमण फेला परिसकेको छ।

यसैगरि काठमाण्डौंमा ५ जना, कैलालीमा ४ जना, रौतहट, बारा र धुनुषामा समान ३/३ जना, भक्तपुर, नवलपरासी, वाग्लुङ्ग, चितवन, महोत्तरी, सर्लाही र झापामा समान २/२ जना, तथा वर्दिया, भोजपुर कञ्चनपुर, सप्तरी, धादिङ्गमा १/१ जना कोरोना संक्रमित रहेका छन्।

संक्रमितमध्ये प्रदेश नम्बर एकमा झापा भोजपुर र उदयपुर गरि ३ जिल्ला, प्रदेश २ का सर्लाही, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा, र रौतहट गरि ७ जिल्ला, वाग्मती प्रदेशमा ४ जिल्लाहरु काठमाण्डौं भक्तपुर, धादिङ्ग र चितवन, गण्डकी प्रदेशका १ जिल्ला वाग्लुङ्ग, प्रदेश नम्बर ५ मा कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके र वर्दिया सहित ५ जिल्ला, र सुदूर पश्चिम प्रदेशका कैलाली र कञ्चनपुर गरि २ जिल्ला गरि कूल २२ जिल्लामा संक्रमण फैलिएको हो। कर्णाली प्रदेशका कुनैपनि जिल्लामा कोरोना संक्रमण देखिएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा संक्रमितमध्ये १९८ जना पुरुष र ४८ जना महिला रहेको जनाकारी दिएका छन्। संक्रमितमध्ये हालसम्म ३५ जना डिस्चार्ज भएका छन् भने २११ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। उपचारको क्रममा रहेका सबै संक्रमितको अवस्था सामान्य रहेको छ। निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

आज काठमाण्डौंका ३२ वर्षिया पुरुष, कपिलवस्तुका ६ वर्षिया महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा र नवलपरासीका पुरुषको भरतपुरको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ आएसँगै कूल संक्रमितको संख्या २४६ पुगेको हो।

नेपालमा पहिलोपटक गत वर्ष जनवरी २३ मा पहिलो पटक कोरोना संक्रमणपुष्टि भएको थियो। हालसम्म २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धामा समेत यसको संक्रमण पुष्टि भएको छ।

यस्तै शुक्रबार १ घण्टा अगाडि नै नियमति पत्रकार सम्मेल हुने प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन्।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।