आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका प्रमुख शिर्षकहरु

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

यसअघि राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो ।

संविधानबमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका प्रमुख शिर्षकहरु:-

  • कोभिड १९ महामहारीमुक्त देश बनाउने पहिलो प्राथमिकता
  • सरकारको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्उत्थान हुने
  • स्वदेशमा रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने
  • १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने नीति निरन्तरता
  • रोजगारी गुमाएकालाई गाउँपालिका मार्फत राहात
  • एकिकृत एम्बुलेन्स सेवा संचालन गरिने
  • केन्द्रीय अस्पतालहरुले तोकिएको स्थानहरुमा स्याटलाईट अस्पताल निमार्ण गर्नुपर्ने
  • तीनवर्ष भित्र सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागि गराइने
  • केन्द्रीय ३०० शैया र भूगोल र जनसंख्या हेरेर स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल बनाइने
  • विद्यालय बाहिर रहेका २ लाख ७० हजार भर्ना, सबैलाई विद्यालयमा ल्याउन बालकालीकालाई विद्यालय ल्याउँ पढाईमा टिकाउँ नारा अघि सारिने
  • वडा स्तरिय सेवा केन्द्रबाट रक्तचाप, मधुमेह लगायतका रोगहरुको परीक्षण गर्ने
  • स्थनाीय तहमा आरोग्य केन्द्र, व्ययामशाला स्थापनाका लागि प्रोत्साहन गर्ने
  • टिचिङ अस्पताललाई अंग प्रत्यारोपण र कान्ति बाल अस्पताललाई बालरोग विधामा अध्ययन गर्ने उत्कृष्ट विद्यालयको रुपमा स्तरोन्नती र विस्तार गर्ने
  • सिटिइभिटी र श्रम तथा सी विकासका कार्यक्रम एकीकृत रुपमा अघि सारेर घुम्ति तालीम सञ्चालन गरिने
  • वैदेशिक रोजगारबाट फर्केकालाई उद्यम गर्न सुरुवाती पूँजी उपलब्ध गराइन
  • ‘चिनौं आफ्नो माटो, बनाऊँ आफ्नो देश’ कार्यक्रम अन्तर्गत स्नात्तकोत्तर युवालाई विकास निर्माण तथा शैक्षिक क्षेत्रमा मुलुकभर परिचालन गरिने
  • सरकारले अत्याधुनिक ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउने
  • निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने
  • सरकारले फजुल खर्च तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने
  • सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमकलाई एकीकृत रुपमा लागू गरिने
  • सबै निजी क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सममिजक सुरक्षा कोषमा सम्मिलित गराइने
  • कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने सरकारको प्रतिबद्धता
  • तीन वर्षमा सबै नागरिकको स्वास्थ्य बिमा
  • कान्ति बाल अस्पताललाई बालरोग विधाका लागि उच्च शिक्षा अध्ययन केन्द्रको रुपमा विकास गरिने
  • सबै श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने
  • विकास आयोजना निर्धारित लागतमा सम्पन्न गरिने
  • पूँजीगत खर्चको गुणस्तरीयता कायम गरि पूँजी निमार्ण गरिने
  • ब्यवसायीक पुनरउत्थानका कार्यक्रम सञ्चालन गरि उत्पादनलाई सुदृढिकरण गराइने
  • आगामी बर्ष साक्षर नेपाल घोषणा, कम्तिमा माध्यमिक तहसम्म सबैलाई शिक्षा उपलब्ध गराइने
  • प्रधानमन्त्री रोजगार कार्यक्रम पुनसंरचना गरिने
  • हरेक किसानलाई स्थानीय तह मार्फत सूचीकरण गरिने
  • एउटा प्रयोजनका लागि एकै तह वा निकायबाट मात्र अनुदान उपलब्ध हुने ब्यवस्था गरिने
  • भूमि उपयोगबिहीन रहने अवस्थाको अन्त्य गर्ने नीति अबलम्बन गरिने
  • फार्ममै पुगि कृषि तथा पशुपन्छि सम्बन्धि सेवा दिनुपर्ने व्यवस्था गरिने
  • बाली लगाउनुपूर्व नै समर्थन मुल्य तोकिने
  • उपयुक्त पारिश्रमिक र श्रम व्यवस्थापन सरकारको प्रमुख श्रम नीति
  • सरकारले सबै प्रदेशमा खाद्य बचत घर निर्माण गर्ने
  • नेपाली जडिबुटीको विशिष्ट ब्रान्डिङ्ग गरी निर्यात गरिने
  • वातावरण विकासबीच सन्तुलन कायम गरि विकास कार्यक्रम र आयोजना सञ्चालन गर्ने
  • सहरी वृक्षारोपणलाई ब्यापक बनाइने
  • राजमार्गको निश्चित दूरीमा खानेपानी शौचालय सहितको सेवा केन्द्र सञ्चालन गर्न प्रोत्साहित गरिने
  • अनलाईन मार्फत मालपोत सेवा, गुठी जग्गाको संरक्षण समूदायबाट
  • १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउने सरकारको नीति
  • आगामी आर्थिक वर्षमा फजुल खर्च र चालू खर्च घटाइने
  • देशभरका सहरमा वायु प्रदूषण नियन्त्रण केन्द्र स्थापना हुने
  • राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गरिने
  • नेपाल गुणस्तर चिन्ह प्रदान गरिने कार्य विस्तार गरिने
  • आगामी वर्ष दैलेखमा पेट्रेलियम पदार्थको अन्वेषण गरिने
  • नेपाल भारत पारवाहन सन्धीको पुनरावलोकन गरिने
  • तेस्रो मुलुकसँगको ब्यापार विस्तार गरिने
  • नेपालगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरिने
  • एक चिकित्सक, एक स्वास्थ्य संस्था
  • देशभरका सहरमा वायु प्रदूषण नियन्त्रण केन्द्र स्थापना हुने
  • विद्युत जडित क्षमता ३००० मेगावाट पु¥याइने
  • अमलेगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईन निमार्ण गरिने
  • भारतको सिलिगुढीबाट झापाको चारालीमा ग्यासको पाइपलाइन विस्तार गरिने
  • झापा र धनुषमा ग्याँस बोर्टलिङ प्लान्ट सञ्चालन गरिने
  • त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलको रुपमा सञ्चालनमा ल्याइने, गौतमबुद्ध र पोखरा विमानस्थल आगामी आवको सञ्चालनमा
  • एक वर्षभित्र चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइने
  • दुई वर्षभित्र आफ्नै स्याटलाईट स्थापना गरि सञ्चलनमा ल्याइने
  • पत्रकार बीमालाई सञ्चारकर्मीको हितमा प्रयोग गरिने
  • राष्ट्रिय परिचयपत्र वितरण गरिने
  • लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न कुटनैतिक कदम चालिने
  • छुटेका भुभाग सहितको नेपालको नक्सा जारी गरिने

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।