हालसम्म ८७ हजार कोरोना नमुना परीक्षण, ‘आइसोलेशन’ मा २६७ जना

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ८६ हजार ९९९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट २३ हजार ९१४ र आरडिटी प्रविधिबाट ६३ हजार ८५ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर २ हजार ८ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट १ हजार २५० र आरडिटीबाट ७५८ वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ८ हजार ९३३, प्रदेश नं २ मा ५ हजार ९८२, वाग्मती प्रदेशमा ९ हजार ६७३, गण्डकी प्रदेशमा ६ हजार ८६२, प्रदेश नं ५ मा ७ हजार ९७१, कर्णाली प्रदेशमा ७ हजार ३०७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३५७ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • १५ हजार ६८३ जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा २६७ जना

मुलुकभर हालसम्म ५३ हजार ८३५ वटा बेड रहेकोमा १५ हजार ६८३ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ८८५ जना, प्रदेश नम्बर दुईमा २ हजार ५१ जना, वाग्मती प्रदेशमा ११७ जना, गण्डकी प्रदेशमा ३०७ जना, प्रदेश नम्बर पाँचमा ८ हजार ३२५ जना, कर्णालीमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९१६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल २६७ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा २७ र उपत्यकाबाहिर २४० जना आइसोलेशनमा रहेका छन् ।

जसमध्ये प्रदेश नं १ मा २२, प्रदेश नं २ मा १०२, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेशमा १ जना र प्रदेश नं ५ मा १०८ जना रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ३३१ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३७ हजार १४७ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ६८२ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ४ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।

यससँगै रेड जोनम पर्नेरुको संख्या ३६३ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
हालसम्म ९९ हजार ५९० जनाले मोबाइल एप डाउनलोड गरेका छन् भने १४ लाख १० हजार ९८४ जनाले वेवसाइट भिजिट गरेका छन्।

  • संक्रमित संख्या २५८ जना, ३६ जना डिस्चार्ज

शुक्रबारसम्म देशभर कूल २५८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये ९ जना शुक्रबार थपिएका हुन्।
शुक्रबार थपिएकामध्ये मकवानपुर जिल्लाका ३७ वर्षिय पुरुषको टेकुमा र बाँकेका १८ देखि ३८ वर्षसम्मका ८ जना पुरुषको भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा पोजेटिभ नतिजा आएको हो।

संक्रमितमध्ये २१० पुरुष र ४८ जना महिला रहेका छन्। हालसम्म २४ जिल्लामा संक्रमित भेटिएका छन्। संक्रमितमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा १०० जना, वाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नम्बर ५ मा १०२ जना, कर्णालीम शुन्य र सुदूर पश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

यस्तै शुक्रबार कोशी अस्पतालमा रहेका २५ वर्षिया पुरुष २७ औं दिनमा डिस्चार्ज भएका छँ। यससँगै हालसम्म ३६ जना उपचारपछि निको भई घर फर्किएका छन्।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।