काठमाण्डौं महानगरका ३१ जना सरसफाई कर्मचारीको आरडिटी पोजेटिभ

0
Shares

काठमाण्डौं महानगरपालिकाका ३१ जना सरसफाई कर्मचारीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ । महानगरको वातावरण विभागमा कार्यरत ३१ जना कर्मचारीको शुक्रबार गरीएको आरडिटी परीक्षणको जतिजा पोजेटिभ आएको हो ।

महानगरको स्वास्थ्य विभागका अनुसार ९३२ जना सरसफाई कर्मचारीको कोरोना परीक्षण गरीएको थियो । जसमा ६६४ जनाको आरडिटी विधिबाट र २६८ जनाको पीसीआर विधिबाट परीक्षण गरीएको थियो ।

आरडिटीबाट गरीएको परीक्षणमा ३१ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने बाँकिको नेगेटिभ रिपोर्ट आएको विभागले जनाएको छ । पीसीआर विधिबाट गरीएको परीक्षणको रिपोर्ट भने आउन बाँकिनै छ ।

आरडिटी पोजेटिभ रिपोर्ट आएका ३१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरीएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुलाई अहिले महानगरले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार  २० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।