बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्यो

0
Shares

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या बेलायतमा ६३ पुगेको छ ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिए। हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ ।

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।