
काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा कोरोना आशंकित सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल शिलबन्दी गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल टिचिङ्ग महाराजगञ्जबाट ८ दिनअघि सुत्केरी भई घर फर्किएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि उनी धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन्।
महिलाको मृत्यु भएपछि अस्पताल सिल गरिएको छ भने मृतकको स्वाब पुन परीक्षणका लागि टेकु अस्पताल पठाइएको धुलिखेल अस्पतालले जनाएको छ।












प्रतिक्रिया