
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ९२ हजार ४४० व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।
त्यसमध्ये पीसीआर प्रविधिबाट २६ हजार ६९१ र आरडिटी प्रविधिबाट ६५ हजार ७४९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ५ हजार २४३ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट २ हजार ५७९ र आरडिटीबाट २ हजार ६६४ वटा भएका हुन्।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार १११, प्रदेश नं २ मा ५ हजार ९८७, वाग्मती प्रदेशमा १० हजार ४५२, गण्डकी प्रदेशमा ६ हजार ९३२, प्रदेश नं ५ मा ८ हजार ४९०, कर्णाली प्रदेशमा ७ हजार ३७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४०५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
- १६ हजार ३६६ जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा ३२० जना
मुलुकभर हालसम्म ५३ हजार ८३५ वटा बेड रहेकोमा १६ हजार ३६६ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ९३८ जना, प्रदेश नम्बर दुईमा २ हजार ६३ जना, वाग्मती प्रदेशमा २०० जना, गण्डकी प्रदेशमा ३२६ जना, प्रदेश नम्बर पाँचमा १० हजार २२२ जना, कर्णालीमा ९८९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६२८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ३२० रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ३२ र उपत्यकाबाहिर २८८ जना आइसोलेशनमा रहेका छन् ।
जसमध्ये प्रदेश नं १ मा २४, प्रदेश नं २ मा १११, वाग्मती प्रदेशमा ६४, गण्डकी प्रदेशमा १ जना, प्रदेश नं ५ मा ११५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ६९६ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३७ हजार ९५७ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ८१० आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ३ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।
यससँगै रेड जोनम पर्नेरुको संख्या ३६६ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
हालसम्म ९९ हजार ५९० जनाले मोबाइल एप डाउनलोड गरेका छन् भने १४ लाख १० हजार ९८४ जनाले वेवसाइट भिजिट गरेका छन्।












प्रतिक्रिया