कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या २८१ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शनिबार साँझ भएको पीसीआर परीक्षणमा धनुषाका दुई जना पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारी अनुसार धनुषाका २० र ६५ वर्षिया पुरुषहरुको नमुना परीक्षण पोजेटिभ आएको हो। उनीहरु दुबैको अवस्था सामान्य रहेको छ।












प्रतिक्रिया