डेढ दर्जन प्रयोजनका सवारी साधनहरु बिना पास सञ्चालन गर्न सकिने

0
Shares

सरकारले डेढ दर्जन बढी प्रयोजनमा प्रयोग हुने सवारी साधानहरुलाई बिना पास सञ्चालनको अनुमति दिएको छ।

वाणिज्य विभागले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न प्रयोजनका करिब डेढ दर्जन पेशा तथा व्यवसायका सवारी साधनहरुलाई पास आवश्यक नपर्ने जनाएको हो।

विभागका प्रवक्ता रबिन्द्र आचार्यका अनुसार एम्बुलेन्स, शव वाहन, औषधी, औद्योगीक कच्चा पदार्थ, तयारी माल वस्तु, पेट्रोलियम पदार्थ, ग्यास, सबै प्रकारका खाद्यवस्तु, पशुपन्छिजन्य आहार, खसी, बोका, राँगा, कुखुरा, माछा, तरकारी फलफूल, दुधतथा दुग्धजन्य पदार्थ र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरुलाई पास आवश्यक नपर्ने बताए।

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।