बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवक नेपालमा कोरोनाबाट मृत्यु हुने दोस्रो व्यक्ति

0
Shares

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुष नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण मृत्यु हुने दोस्रो व्यक्ति बनेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा दोस्रो व्यक्तिको पनि मृत्यु पनि कोभिड-१९ बाट भएको पुष्टि गरेका छन्। उनको स्बाव परीक्षणमा कोरोना पोजेटिभ नतिजा आएको उनले बताए। 

प्रवक्ता देवकाटाले मृतक वैशाख ३० गते भारतबाट नेपाल आएको र क्वारेन्टाइनमा बस्ने क्रममा झाडापखाला तथा स्वासप्रश्वासमा समस्या भएको र आइतबार बिहान ६ः४० बजे मृत्यु भएको जानकरी दिए। 

यसबारे थप विवरण आउन बाँकी छ । अहिलेलाई हाम्रो देशमा दुईवटा निधन कोभिड–१९ कै कारण भएको पुष्टि भएको छ’, प्रवक्ता देवकोटाले भने । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९२ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् ।

बिहीबार राती धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोक निवासी २९ वर्षिया सुत्केरी महिला नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति बनेकी थिइन्।

नेपालमा कोरोना संक्रमणबाट पहिलो व्यक्तीको मृत्यु पुष्टि

सिन्धुपाल्चोककी मृतक सुत्केरीको पीसीआर रिपोर्ट पोजिटिभ, कोरोनाबाट निधन भए नभएको अनुसन्धान हुँदै

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।