सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९५ लाख ६७ हजार रुपैयाँले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले चैतसम्ममा १८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले १३ करोड ७१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ३६.१४ प्रतिशतले बढेको हो।
जीबन बीमा कम्पनीको खुद नाफा बीमांकिय मुल्यांकन अघिको हुने गरेकाले बीमांकिय मुल्यांकन पश्चात भने नाफामा फरकपना आउने गर्दछ।
यस्तै कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.२४ प्रतिशत अर्थात २७ करोड ३१ लाख रुपैयाँले खुद बीमाशुल्क बढाएको छ। चैतसम्म कम्पनीले १ अर्ब ७७ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११.५५ रुपैयाँ छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२४.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.६४ गुणा छ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४ अर्ब ६७ करोड ७६ लाखबाट बढेर ६ अर्ब ६४ करोड ३ लाख, जगेडा कोष ४५ करोड ७४ लाखबाट ६० करोड २ लाख र महाविपत्ति कोष ६ करोड ७० लाखबाट वृद्धि भई १० करोड १६ लाख रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्ममा कम्पनीले ४ लाख २३ हजार ६१ बीमालेखबाट १ अर्ब ८० करोड ५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनील ३ लाख ७८ हजार ९ वटा बीमालेखबाट १ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको थियो।
७८४ वटा दाबी बापत २९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले अझै ५३५ वटा संख्यामा परेको ४ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।










प्रतिक्रिया