राष्ट्र बैंकले १५ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

0
Shares

सरकारलाई आवश्यक पर्ने रकम जुटाउनका लागि केन्द्रीय बैंकले फेरि १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल बिक्री गरेर सो रकम जुटाउने भएको हो। जसअनुसार ९१ दिन अवधिको २ अर्ब, १८२ दिनको ११ अर्ब ८५ करोड रुपैयाँ र एक वर्ष अवधिको १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार९१ दिन अवधिको ट्रेजरी बिल भदौ २ गते, १८२ दिन अवधिको मंसिर २ गते र एक वर्ष अवधिको २०७८ जेठ ४ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिलको बोलकबोल जेठ ५ गते अपराह्न ३ बजे खुला गरिने बताइएको छ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार  १८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।