पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट आफ्नो आमा गुमाएका सिन्धुपाल्चोकका बालकलाई कक्षा १२ सम्म निशुल्क अध्ययनको तथा उच्च शिक्षा पश्चात् रोजगारीको समेत ग्यारेन्टीको जिम्मा लिने घोषणा गरेका छन्।
बस्नेतले कोरोना भाइरसको कारण नेपालमा पहिलो मृत्युवरण गर्ने सिन्धुपाल्चोककी महिलाबाट जन्मिएको नवजात शिशुलाई हाल पौष्टिक आहारको लागि तत्काल ५० हजार रुपैयाँ समेत उपलब्ध गराउने भएका छन्।
दुःखमा परेकोलाइ सहयोग तथा प्रेरणा प्रदान गर्ने उनको यस कार्यले चुनावको समयमा मात्र राजनीति गर्ने तर संकटमा समयमा साथ नदिने नेताहरुलाई गतिलो पाठ समेत पढाएको छ।
सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट जेठ १ गते बिहीबार राती मृत्यु भएको थियो। वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि स्थानी उस्पतालमा उपचारका लागि गएको र त्यहाँबाट धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
शिशुका बुबा काठमाडौँमा सुरक्षा गार्डको काम गर्दै आउनुभएको जनाइएको छ । शिशुको परिवारको आर्थिक अवस्था समेत राम्रो नभएकाले सहयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी महिलाका जेठा छोरा ११ वर्षका छन् । महिलाको शनिबार राति पशुपतिमा दाहसंस्कार गरिएको थियो ।
प्रतिक्रिया