महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ । हिजो साझँ टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा उनीहरुमा कोरोना देखिएको थियो ।
कोरोना पुष्टि भएका संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखेर उपचार सुरु गरिएको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र एक जवानमा कोरोना पोजेटिभ देखिसँगै कालीमाटी सहित विभिन्न वृत सिल गरिएको छ।
दुई प्रहरीमा कोरोना देखिएपछि आफ्नो क्षेत्रमा रहेका करिब २०० प्रहरीलाई फिल्डमा जानबाट रोकिएको प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिए।
कालीमाटी वृत्तमा अन्य ९० जना प्रहरी रहेकोले बाँकी सबैको आजबाट पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।
महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट १०० जनाको टोली कालिमाटी पठाइएको छ।










प्रतिक्रिया