शनिबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६ जना संक्रमित थपिएको जनाएको छ। मन्त्रालयका अुनसार बैतडी, झापा, बाँके, बर्दिया र सुर्खेतमा गरेर ३६ जना संक्रमित थपिएका हुन्।
योसहित नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ।
जसमध्ये सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनामा पुष्टि भएको हो ।
शनिबार विहान ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८
त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १ जना, राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँके नरैनापुरका ६ जना, नरैनापुर ३ का १५ जना र नरैनापुर १ मा ६ जना, बर्दिया बडौतीका १ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण हालसम्म ७० जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म ४० वटा जिल्लामा कोरोना फैलिएको छ ।
प्रतिक्रिया