थप १६६ जनामा कोरोना पुष्टि, दुईको मृत्यु ,संक्रमितको संख्या १५६७

0
Shares

नेपालमा पछिल्लो २४ घन्टामा १६६ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको हो।

तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। यसैबीच पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ। नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। कोरोना जितेर अहिलेसम्म २२० जना अस्पतालबाट घर फर्किएका छन्।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।