सप्तरीमा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

0
Shares

जग्गा विवादले उग्र रूप लिएपछि सप्तरीको छिन्नमस्तामा एक दर्जन मानिस घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–सात हाट्टीका स्थानीय दुई जनाबीचको विवादले उग्र रुप लिएपछि झडप भएको हो ।

स्थानीय गणेशी मण्डल र नुर हुसन मन्सुरी बीच जग्गा सम्बन्धि सामान्य विवादले उग्ररूप लिएपछि भएको झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ ।

दुई समूहबीच ढुंगा हानाहान हुँदा केही प्रहरी पनि घाइते भएको बताइएको छ । अहिले विवाद भएको स्थानमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । विवाद भने अझै साम्य हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।