‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’ :कांग्रेस

0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उद्योग व्यवसायीको साथ दिएको छ।

कांग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ ।

बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिक वर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यस विपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्ति मार्फत स्मरण गराएका छन्।

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।