नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुग्यो, एकैदिन ३३४ थपिए

0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ। पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना पुष्टि भएपछि संख्या बढेको हो।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै २९० जना कोरोनालई जितेर घर फर्केका छन्।

 

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।