सरकारले असार मसान्तसम्मको राजश्व अनुमान गर्न सकेको छैन, यस्तो बजेटमा छलफल गर्नु बेकार हो : रिजाल


छाँया सरकारका अर्थ मन्त्री डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको बजेटको विषयमा थप छलफल गर्नु निरर्थक भएको बताएका छन् । शनिबार संघीय संसदमा बोल्दै रिजालले राजश्व र खर्चको आँकडा अनुमान गर्न नसकेको सरकारले ल्याएको बजेटका सम्बन्धमा थप छलफल गर्नुको कुनै अर्थ नहुने बताए ।

‘आम्दानी भन्दा १९० अर्ब धेरै खर्च भईसकेको छ, असार मसान्तसम्मको वित्तीय आँकलन गर्न नसकेको सरकारले ल्याएको बजेटका सम्बन्धमा थप छलफल गर्नु जरुरी देखिँदैन’ रिजालले भने ।
संसदमा रिजालले राखेको बिचार भिडियोमा हेर्नुहोस् ।

 

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।