लिलामीको काठ मिलाइदिने भन्दै तीन लाख घुस लिने वडाध्यक्ष पक्राउ

0
Shares

पाल्पा जिल्लाको स्थानीय निकायका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट तीन लाख रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिए ।

अख्तियारको नियन्त्रणमा परेका पुनले आफ्नो वडामा रहेको काठ लिलाममा ती ब्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुषालले जानकारी दिए ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।