डोल्पाका मृत्यु भएका ५८ वर्षिय पुरुषमा कोरोना पुष्टि

0
Shares

डोल्पा जगदुल्ला गाउँपालिका वडा न. ३ निवासी एक जनामा कोरोना पुष्टि भएको छ । गत जेठ २१ गते राती २ बजे दमको रोगी ५८ वर्षिय पुरुषको निधन भएको हो।

डोल्पामा जेठ २० गते होम क्वारेन्टाईनमै मृत्यु भएको ५८ वर्षिय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको हो। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ नतिजा आएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  १४ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।