मन्त्रीको स्वकीय सचिव र ड्राइभरमा कोरोना पुष्टि

0
Shares

प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवको स्वकीय सचिव र सवारी चालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वाब संकलन गरि गरिएको पीसीआर परीक्षणमा राज्यमन्त्री यादवको स्वकीय सचिव र ड्राइभरमा कोरोना संक्रमणको पुष्टि भएको हो।

आइतबार, सोमबार र मंगलबार प्रदेश २ का सांसद, कर्मचारी, सुरक्षाकर्मी र सहयोगीहरुको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो ।

यसअघि बिहीबार प्रदेश सभाका पाँचजना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रदेशसभा अन्तर्गत ४४३ जना व्यक्तिको स्वाब परीक्षण गरिएको थियो।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।