नेपाल इन्स्योरेन्सले लकडाउनका कारण यस अघि स्थगित ७१ औं वार्षिक साधारण सभा पुन: आह्वान गरेको छ ।
कम्पनीको जेठ २३ गतेको सञ्चालक समितिको बैठकले असार ५ गतेका लागि साधारण सभा बोलाएको छ । यस अघि चैत २१ गते लागि बोलाइएको साधारण सभा लकडाउन घोषणा भएपछि स्थगित गरिएको थियो। 
कम्पनीले यसअघि तय भएका प्रस्तावहरु पारित हुने गरी कम्पनीको पुरानो भवन कमलादी, काठमाडौंमा वार्षिक साधारण सभा गर्न राखेको छ। सभा विहान ११ बजेदेखि शुरु हुनेछ ।
कम्पनीले साधारण सभामा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्ताव लग्दैछ।
यस्तै आव २०७५/७६ को वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने तथा आव २०७६/७७ को लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव साधारण सभामा रहेका छन्।
कम्पनीको हाल एक अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ चुक्तापूँजी छ ।बोनस शेयरपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार पुग्नेछ ।
साधारण सभा प्रयोजनका लागि उक्त कम्पनीले गत चैत ४ गतेदेखि बुक क्लोज गरेकाले त्यस दिनभन्दा अघिल्लो शेयर कारोबारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांशका लागि योग्य हुने छन् ।











प्रतिक्रिया