नेपालमा पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले देशभर गरेर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पोजिटिभ देखिएको बताए।
संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या तीन हजार ४४८ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा मात्रै १०२ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए। उपचारपछि निको भएर घर फर्केनेको संख्या ४ सय ६७ पुगेकौ छ।
नेपालका हालसम्म कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।










प्रतिक्रिया