सुनको भाउ प्रतितोला ८८ हजार ६ सय पुग्यो, बुधबार ९ सय रुपैयाँ बढ्यो

0
Shares

सुनको तोला ८८ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला ९ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँ तोकेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।