पत्रकारको तलब रोकिएपछि अन्नपूर्णपोष्टका प्रधान सम्पादक थापाले दिए राजीनामा

0
Shares

तलब खुवाउन नसक्दा अन्नपूर्णपोष्टमा भाँडभैलो, ३३ पत्रकार निकालिदै

काठमाडौँ व्यवस्थापनले पत्रकार र कर्मचारीहरुको तलब दिन आनाकानी गरेपछि अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।

कर्मचारी र पत्रकारहरुको तलब दिन व्यवस्थापनले आनाकानी गरेपछि प्रधानसम्पादक थापाले अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई बुधबार राजीनामा दिएका हुन्। 

जिल्लाका पत्रकार र कर्मचारीहरुको फागुनदेखिको तलब अन्नपूर्णले अहिलेसम्म दिएको छैन भने केन्द्रका पत्रकार र कर्मचारीहरुको चैतदेखिको तलब दिएको छैन।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार  २१ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।