आज शेयर कारोबार हुने नहुनेमा अन्योलता, बोर्डको निर्देशन कुर्दै नेप्से

0
Shares

सरकारले लकडाउन खुकुलो बनाउन ल्याएको नयाँ मोडालिटीमा शेयर बजारको बिषयमा प्रष्ट्रसँग उल्लेख नहुँदा आजबाट शेयर कारोबार खुल्ने नखुल्नेमा अन्योलता देखिएको छ ।

सरकारले पहिलो चरणमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु र सहकारी समेत संचालन गर्ने उल्लेख गरेपनि शेयर बजारको विषय कतै उल्लेख छैन् । शेयर बजारलाई वित्तीय सेवा अन्तर्गत राखिएपनि सरकारको लकडाउन खुलाउने मोडालिटीमा यो बिषय नभएपछि सरोकारवालहरु नै आज शेयर कारोबार खोल्ने नखोल्नेमा अन्योलमा देखिएका छन् ।

आज शेयर कारोबारको हुने साताको अन्तिम दिन विहीबार भएकाले पनि शेयर बजारका नियामक निकायहरुले आइतबारबाट मात्र बजार खुलाउने पक्षमा देखिएका छन् । सरकारले पहिलो चरणमा खुल्ने सेवा तथा काममा २५ जना भन्दा बढी भेला र जम्मा हु्न समेत प्रतिबन्ध लगाएको छ ।

यता नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल धितोपत्र बोर्डको निर्देशन प्राप्त भएपछि मात्र आज शेयर कारोबार खोल्ने नखोल्ने निर्णय गरिने जानकारी दिए । अहिलेसम्म बोर्डबाट कुनै जानकारी प्राप्त भएको छैन् । बोर्डको निर्देशन प्राप्त भएमा आजै बाट शेयर कारोबार खुला हुनेछ ।

अर्थमन्त्रीले समेत आवश्यक तयारी गरेर बजार खुलाउन निर्देशन दिइसकेको अवस्थामा आज शेयर कारोबार नगराइए पनि आइतबारबाट नियमित शेयर कारोबार गराउने पक्षमा सरोकावालाहरु देखिएका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार  ०९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।