थप २५० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

बिहीबार थप २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २३० जना पुरुष र २० जना महिला महिलामा नयाँ संक्रमण फेला परेको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ हजार ६१४ जना पुगेको छ। जसमध्ये ४ हजार २८५ जना पुरुष ३२९ महिला छन्।

हालसम्म ८६१ जना उपचारपछि निको भएका छन् भने ३ हजार ७५३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार  १६ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।