गण्डकी प्रदेशमा कोरोना संक्रमित १८८ पुग्यो

0
Shares

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १८८ पुगेको छ। शुक्रबार बिहानै चार जिल्लाका थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १८८ पुगेको हो।

प्रदेश प्रयोगशाला पोखरामा गरिएको पिसीआर परीक्षणमा पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँको १ जना र नवलपरासी सुस्तापूर्वका १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए।

नयाँ संक्रमित सबै पुरुष रहेको जानकारी दिँदै निर्देशक शर्माले सबै संक्रमितहरुलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी थालिएको बताए।

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार  ०७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।