
शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४७ जना पुरुष ३६ जना महिलामा नयाँ संक्रमण पुष्टि भएको जानकारी दिए।
यससँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ जना पुगेको छ।
कोरोनाबाट थप दुई जनाको मृत्यु
यस्तै शनिबार थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गरेका छन्।
उनका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल सख्ंया १८ जना पुगेको छ ।
पर्सा वीरगञ्ज महानगरपालिका घण्टाघरस्थित २५ वर्षीय पुरुषको जेठ २८ गते बेवहारिसे शव फेला परेको थियो । मृत शरिरको पोस्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याई स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा जेठ ३० गते कोरोना पुष्टि भएको हो।
यस्तै बारा, निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल निवासी वर्ष ५ का बालकलाई निमोनियाले ग्रस्त बालकलाई हिजो जेठ ३० गते उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याएको थियो।
बालकमा आरडिटी परीक्षणमा पोजेटिभ आएकाले आइसोलेसनमा राखेर उपचार गरिएकोमा पीसीआर परीक्षण नहुँदै हिजो शुक्रबार मृत्यु भएको हो । उनको स्वाव संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको हो।










प्रतिक्रिया