नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्मकै उच्च संख्या

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएको कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको हो।

मंगलबार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्।   गौतमका अनुसार हालसम्म १ हजार १६७ जना विभिन्न अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। जसमा ११२ जना महिला र १ हजार ५५ जना पुरुष रहेका छन्।

प्रकाशित मिति: ३ असार २०७७, बुधबार  १६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।