समाज लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति

0
Shares

समाज लघुवित्तले आईपीओ निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले ८६ लाख बराबरको ८६ हजार कित्ता शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल यो कम्पनीको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ छ । ८६ लाखको आईपीओ जारी गरेपछि चुक्ता पूँजी २ करोड पुग्नेछ । आईपीओपछि कम्पनीमा संस्थापको ५७ तथा सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।