संक्रमणकै समयमा महासंघको साधारण सभा गर्न उद्योग वाणिज्य संघ धादिङको यस्तो सुझाव


कोराना संक्रमण देशव्यापी रुपमा तीब्र बन्दै गइरहेका बेला उद्योग वाणिज्य संघ धादिङले असोज पहिलो साता भित्र महासंघको साधारण सभा र निर्वाचन पूरा गर्न महासंघ सचिवालयलाई सुझाव दिएको छ ।

संघका अध्यक्ष रुद्रबहादुर खत्रीले जिल्ला नगरको प्रतिनिधित्व हुन नसक्ने अवस्थामा पनि काठमाण्डौंमा रहेका वस्तुगत र एशोसिएट्सका प्रतिनिधिलाई सहभागि गराउँदै जिल्ला नगरबाट एक जनाको प्रनिधित्व गराउन सुझाव दिएका हुन् ।

महासंघले साधारण सभा सम्पन्न गराउनका लागि ६ सदस्यीय समिति गठन गरेका बेला धादिङ उद्योग वाणिज्य संघले यस्तो सुझाव दिएको हो । महासंघ पदाधिकारीका उम्मेदवारहरु निर्वाचन गर्नुपर्ने र संक्रमणलाई हेरेर निर्वाचन सार्नुपर्ने विषयमा लाग्दै गर्दा खत्रीको यस्तो सुझाव आएको हो ।

देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भईरहेको सन्दर्भमा खत्रीले धादिङमा स्वास्थ्य प्रोटोकलको पालना गरी व्यवसायिक कृयाकलाप सुरु गर्ने निर्णय भएको बताउँदै महासंघले पनि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्दै निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

यस्तो छ महासंघ सचिवालयलाई धादिङ उद्योग वाणिज्य संघले दिएको सुझाव:

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।