नेपाली बजार पछिल्ला केहि दिन यता सुनको भाउ निरन्तर घट्न थालेको छ ।
अघिल्लो कारोबारकोे तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।
महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँमा कायम गरिएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा पनि घटेको छ ।
सुनचाँदी व्यवसायीका अनुसार सुनको मूल्य तोकिएपनि काठमाडौं उपत्यका लगायत देशभरका अधिकांस जिल्लामा निषेधाज्ञा जारी गरिएकाले कारोबार भने ठप्प जस्तै छ । निषेधाज्ञा जारी नगरिएका जिल्लाहरुमा पसल खुलेपनि किनबेच हुन नसकेको व्यवसायीको भनाई छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया