पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त भएका छन । मन्त्रिपरिषदको भदौ ३ गतेको निर्णय अनुसार भुसाललाई पुनर्बीमा कम्पनीको अध्यक्षको समेत जिम्मेवारी दिइएको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सिफारिसमा सरकारले भुसालाई पुनर्बीमा कम्पनीको अध्यक्षको समेत जिम्मेबारी दिने निर्णय गरेको हो ।

भुसाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण विभागका सहसचिव हुन । कम्पनीले मंगलबार कम्पनीको अध्यक्षमा भुषाल नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेनजलाई गराएको छ ।

त्यसैगरी पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल नियुक्त भएका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।