सुनको मूल्यमा गिरावट, शुक्रबारका लागि यस्तो छ भाउ

0
Shares

पछिल्लो केहि दिन यता लगातार बढेको सुनको मूल्य तीन दिन यता लगातार घटेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। बिहीबर पनि सुनको भाउ ७०० रुपैयाँले घटेको थियो ।

तीन दिनको अवधिमा सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ।

बिहीबार सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार पनि चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।