प्रि-ओपनिङमा ६५ कम्पनीको शेयर मूल्य बढ्यो, लिवर्टीको ३ सयमा कारोबार

0
Shares

आइतबारको प्रि-ओपनिङ सेसनमा ६५ कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका ७३ कम्पनीमध्ये ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसै गरी ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ७३ कम्पनीका ४९ हजार ४३४ कित्ता शेयरहरु एक करोड ९ लाख ६५ हजाररुपैंयामा किनबेच भएका छन । आजदेखि कारोबारमा आएको लिवर्टीको पनि प्रतिकित्ता ३ सय रुपैयाँमा किनबेच भएको छ ।

यस क्रममा आइतबार भने नेप्सेको प्रि ओपनिङ्ग सेसनमा बजार परिसुचक नेप्से २३.२९ अंकले बढेर १५९५.४८ अंकमा उक्लिएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।