अस्वभाविक गिरावटपछि शेयर बजारमा नकारात्मक सर्किट, एक घण्टा अगावै कारोबार स्थगित

0
Shares

निरन्तर बढेको बजारमा अस्वाभाविक गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जमा आज नकारात्मक सर्किट ब्रेक लगाएको छ।

बजार ६ प्रतिशतले घटेपछि स्टकले आजका लागि कारोबार स्थगित गरेको छ ।

नेपाल राष्ट्र बैंकले शेयर कर्जा र व्यक्तिगत कर्जा पुनरावलोकन गर्ने बताएपछि शेयर बजारका लगानीकर्ताहरु अत्तालीएर शेयर बिक्री गर्दा बजार उच्चदरले घटेको हो । निरन्तर बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा पनि बिक्रीको चाप देखा परेको छ ।

स्टकका अनुसार आइतबार बजार १२३.३४ अंकले घटेर १ हजार ९३२ दशमलव ११ बिन्दुमा बन्द भएको छ।

यसदिन १९७ कम्पनीको एक करोड ५४ लाख कित्ता शेयर ७ अर्ब २० करोड ९१ हजार ८० हजार रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ ।

Market Information
Index Current Points Change % Change  
NEPSE 1,969.19 86.26 4.2  
Sensitive 377.52 14.77 3.76  
Float 133.22 5.19 3.75  
Sen. Float 119.94 4.13 3.33  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,452.73 45.86 3.06  
Trading 2,029.60 121.72 5.66  
Hotels 1,994.39 56.08 2.73  
Development Bank 2,161.93 57.44 2.59  
HydroPower 1,689.73 41.94 2.42  
Finance 883.40 11.99 1.34  
No Life Insurance 9,499.91 412.69 4.16  
Manu. & Pro. 4,515.00 259.23 5.43  
Others 1,678.95 118.9 6.61  
Microfinance 3,020.99 167.63 5.26  
Life Insurance 11,920.17 686.52 5.45  
Mutual Fund 11.22 0.19 1.68  
 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।